कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि शेखर पक्षको छुट्टै भेला


काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि नेता डा. शेखर कोइरालाले छुट्टै भेला बोलाएका छन् ।

कोइराला पक्षको भेला भोलि मंगलबार साढे १ बजे बस्नेछ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाएको जनाइएको छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement