कार्यशैली सच्याउन सभापति देउवालाई नेता कोइरालाको आग्रह


काठमाण्डु – नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन नेता डा. शेखर कोइरालाले आग्रह गरेका छन् ।

बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर नेता कोइरालाले कार्यशैली सच्याउन आग्रह गरेका छन् ।

मंगलबार नेता कोइरालाले आफूपक्षीय नेताहरूको भेला गरेका थिए । उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारसहित धुम्बाराही पुगेका डा. कोइरालाले ‘कोर्स करेक्सन’ नगरे आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिए ।

जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताए । सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयन लगायतका विषयमा नेता शेखर र महामन्त्री गगनकुमार थापा पक्षले असन्तुष्टि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement