कांग्रेस बैठकमा कार्यबाहक प्रधानमन्त्रीले भने – शिक्षकको समस्या समाधान गर्छौं


काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शिक्षकहरूको आन्दोलनबारे चर्चा भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा आज बिहीबार बसेको बैठकमा पार्टी उपसभापति समेत रहेका कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले शिक्षकहरूसँग वार्ता गरिरहेको बताए ।

उनले भने, ‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरू भएको छ । शिक्षकहरूको समस्या समाधान हुन्छ, हामीले समस्या समाधान गर्छौं ।’

सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री श्रेष्ठसहित सरकारबी गृह मन्त्रालयमा वार्ता भए पनि निष्कर्षविहीन भएको थियो ।

बैठकमा केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षक र कर्मचारीका मागबारे बोल्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement