कांग्रेस सभापति देउवाले आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले सडकमा आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षक संगठनलाई मंगलवार वार्ताका लागि सिंहदरबार बोलाएका छन् ।

सभापति देउवाले केही दिनअघि सरकारसँग सहमति गरिसकेको शिक्षक महासंघ र सडक आन्दोलन गरिरहेका राहत शिक्षकको केन्द्रीय समितिलाई वार्तामा बोलाएका छन् ।

आन्दोलनरत राहत शिक्षकको माग र समाधानका उपायबारे छलफलमार्फत निकास निकाल्ने उद्देश्यले सभापति देउवाले छलफलमा बोलाएका छन् ।

मंगलबारको छलफलमा संसद्को शिक्षा तथा प्रविधि समितिमा रहेका नेपाली कांग्रेसका सांसदलाई पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement