काठमाण्डु- नेपाली कांग्रेसले आफ्ना सांसदहरुको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सांसदहरुको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो ।
जसअनुसार भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो बराबरको रकम दिनेछन् ।




प्रतिक्रिया