गुल्मी कांग्रेसले पार्टी सदस्यबाट अनिवार्य लेबी उठाउने


गुल्मी – नेपाली कांग्रेस गुल्मीले पार्टी सदस्यबाट अनिवार्य लेबी उठाउने भएको छ ।

पार्टीको विधानमा लेबी उठाउने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेका बेला गुल्मी कांग्रेसले अबदेखि अनिवार्य रूपमा लेबी उठाउने पार्टी सचिव भगतसिंह खड्काले बताए ।

मंसिर ९ र १० गते २ दिनसम्म चलेको दोस्रो जिल्ला सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा उनले अनिवार्य लेबी उठाउने जानकारी दिए । कांग्रेसले विधानलाई टेक्दै हालसम्म कार्यान्वयन हुन नसकेको लेबीलाई अनिवार्य गर्ने निर्णय गरेको उनले बताए ।

पार्टीलाई थप प्रभावकारी बनाउन गुल्मी काँग्रेसको अठोट, सबल वडा सक्षम टोल अभियानलाई वडा, टोल प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरिएको पार्टी सभापति खिलध्वज पन्थीले बताए ।

सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई पन्थीले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement