काठमाण्डु – बाराको सिम्रौनगढ नगरपालिकामा भएको घटनाको विरोधमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा भएको झडपका क्रममा प्रहरीको गोली प्रहारबाट १ जनाको मृत्यु भएपछि कांग्रेस विरोधमा उत्रिएको हो ।
घटनामा सिम्रौनगढ नगरपालिका–१ का लक्ष्मी मुखिया बिनको मृत्यु भएको विरोधमा नेपाली कांग्रेसको क्षेत्र नम्बर १ ले शनिबार पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढमा चक्काजाम गरेर प्रदर्शन गरेको छ
क्षेत्रीय सभापति एवं सिम्रौनगढ नगरपालिकाका पूर्व नगर प्रमुख विजय शंकर यादवको नेतृत्वमा कांग्रेसले निजगढमा चक्काजाम गरेको छ ।
घटनाको विरोधमा कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सिम्रौनगढका नगर प्रमुख किशोरीप्रसाद कलवारमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग भएकोप्रति विरोध जनाएको छ ।




प्रतिक्रिया