कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको बैठकमा सरकारमा सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेश गर्ने कार्यक्रम छ ।

बैठकमा सरकारको १ वर्षको समीक्षा हुनेछ भने त्यसक्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुनेछ ।

बैठकमा राष्ट्रियसभा उम्मेदवारको मापदण्ड तय गर्ने विषयदेखि समसामयिक राजनीतिबारे पनि छलफल हुने जनाइएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिनेछ । प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट उम्मेदवार चयन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement