हारेका नेताहरूलाई राष्ट्रियसभा चुनावमा उम्मेदवार नबनाउन कांग्रेसमा दबाब


काठमाण्डु – नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा चुनाव हारेकाहरूलाई राष्ट्रियसभा सदस्य नबनाउन दबाब परेको छ ।

सानेपामा जारी बैठकमा बोल्ने नेताहरूले चुनावमा पराजित भएका नेताहरूलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउन नहुने राय दिएका छन् ।

बैठकमा केन्द्रीय सदस्य देवेन्द्र कँडेलले विभिन्न तहमा चुनाव लडेर हारेकाहरूलाई उम्मेदवार बनाउन नहुने बताए । ‘अवसर नपाएका नयाँहरूलाई अवसर दिऔं । मापदण्ड बनाऔं,’ उनले बैठकमा भने ।

नेता राजीव कोइरालाले चुनावमा पराजित भएकाहरुलाई राष्ट्रियसभा उम्मेदवार बनाउन नहुने बताए । उनले भने, ‘हारेकाहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने भए मैले पनि चुनाव हारेको हो, मलाई पनि उम्मेदवार बनाऊ । मापदण्ड बनाऊ, चुनाव हारेकाहरूलाई उम्मेदवार नबनाऊ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement