गृहमन्त्रीको राजीनामा माग्नेबारे कांग्रेस बैठकमा छलफल

गृहमन्त्रीको राजीनामा माग्नेबारे कांग्रेस बैठकमा छलफल


काठमाण्डु – राजधानीको बालकुमारीमा २ युवाको मृत्यु हुने गरी भएको प्रहरी दमनको विषयमा सत्तारुढ दल कांग्रेसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने छलफल भएको छ ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन शनिबार नेताहरूले गृहमन्त्रीको राजीनामाको विषय उठाएका छन् ।

बैठकमा केन्द्रीय सदस्य गोमा भट्टराईले बालकुमारीमा प्रहरी दमनमा २ जना युवा मारिएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो कि होइन भन्दै प्रश्न गरिन् ।

‘हिजोको घटनामा गृहमन्त्रीले राजीनामा दिने हो कि के हो ?’ उनले भनिन् ।

केन्द्रीय सदस्य सिता रानाले पनि बालकुमारी घटनाको विषय उठाएकी थिइन् । उनले बालकुमारी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै दोषीमाथि कारबाही हुनुपर्ने माग गरिन् ।