काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु आकस्मीक बैठकमा जुटेका छन् ।
कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि बिहाबार केही कानुनविदसहित कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू भेला भएर छलफल गरिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त सूचीमा कांग्रेस उपसभापति गच्छदारसमेत परेपछि नेपाली कांग्रेसमा तहल्का मच्चिएको छ ।
तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।




प्रतिक्रिया