काठमाण्डु – नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनविरुद्ध नाराबाजी भएको छ ।
ललितपुरको गोदावरीमा जारी बैठकमा छलफलको निष्कर्ष सुनाउने क्रममा नाराबाजी भएपछि विवाद उत्पन्न भएको छ ।
बैठकमा गण्डकी र बागबती प्रदेश समूहको छलफलको निष्कर्ष बागमती प्रदेशका सभापति ईन्द्र बानियाँले सुनाउने क्रममा गठबन्धनको विषय रणनीतिक मात्रै हुनुपर्ने बताएसँगै होहल्ला भएको छ ।
महामन्त्री गगनकुमार थापा समर्थकले गठबन्धन गर्न नहुने अडान लिएका छन् । महामन्त्री थापाको प्रतिवेदनमा गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने उल्लेख छ ।
तनावको अवस्था सिर्जना भएसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माले माहोल शान्त बनाउन खोजे पनि समर्थकहरूले नाराबाजी गरेका छन् ।




प्रतिक्रिया