काठमाण्डु- नेपाली कांग्रेसका मन्त्रीहरुले आफै राजीनामा नदिने भएका छन् ।
सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नो निवासमा बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैं गठबन्धन तोडेकाले आफूसँग कुनै नयाँ रणनीति नभएको कांग्रेसले निष्कर्ष निकालेको हो ।
बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको ब्रिफिङ गर्दै कांग्रेसका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुले आफैले राजीनामा नदिनुपर्ने बताए ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अब प्रतिपक्षको बेन्चमा फर्कने बताए । उनले भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेपछि हामी के गर्नु अब ? हामीले गठबन्धन तोडेको भए, अब यसो गर्छौँ भन्थ्यौं । अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं ।’




प्रतिक्रिया