राष्ट्रियसभाको अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत

राष्ट्रियसभाको अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रियसभा अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ ।

आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरुको (सर्वदलीय) बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले राष्ट्रियसभा अध्यक्षको निर्वाचन सार्नको लागि गरेको प्रस्ताव अस्वीकृत गरिएको हो ।

अन्य दलहरुले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ । यसअघि राष्ट्रियसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ । कांग्रेसले आफ्नो दलसँग सल्लाह नगरी चुनावको मिति राखिएको बताउँदै केही पछि सार्न माग गरेको थियो ।