गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने कांग्रेसको निर्णय

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय बुधबार गर्ने भएको छ ।