जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि अनुसन्धान रोकियो!

जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि अनुसन्धान रोकियो!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको बताएका छन् ।

बुधवार बसेको प्रतिनिधिसभामा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री भएपछि रास्वपाका सभापति लामिछानेमाथि सहकारीको रकम हिनामिना प्रकरणबारे सुरु गरिएको अनुसन्धान रोकिएको बताएका हुन् ।

‘काठमाण्डुबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो । जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेका छन् । आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुन्नु भएको छैन ’ सांसद खतिवडाले भने ।