संसदमा कांग्रेसको अवरोध जारी, सभामुखले बोल्न दिएनन्

संसदमा कांग्रेसको अवरोध जारी, सभामुखले बोल्न दिएनन्


काठमाडौं – आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बालुवाटार जग्गा प्रकरणबारे बोल्न समय माग गर्दै संसद अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अख्तियारले ललिता निवास जग्गा प्रकरणमा जोडेर भ्रष्टाचार मुद्धा दर्ता गरेपछि कांग्रेस कांग्रेसले विरोध गर्दै आएको छ ।

बैठकमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले बोल्ने समय माग गरेका थिए । यद्यपी सभामुख अग्नी सापकोटाले कांग्रेसलाई यसअघिका दुई बैठकमा पनि एउटै विषमा बोल्न दिएको भन्दै आइतबारको बैठकमा बोल्न नदिएर बैठक स्थगित गरेको बताए । प्रतिनिधि सभाको अर्को बैठक मंगलवार १ बजे बस्नेछ ।