काठमाण्डु- आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।
कांग्रेसले संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिएको थियो । तर, संसदीय दलको बैठक मंगलवार बस्ने कांग्रेसले जानकारी दिएको छ ।
बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।




प्रतिक्रिया