काठमाण्डु- नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा सहमति भएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्ने कांग्रेसले जनाएको छ । कांग्रेसले सहकारी ठगीको विषय गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान नेपाली कांग्रेसका नेताहरूसँगको भेटवार्ताम नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए ।




प्रतिक्रिया