कांग्रेसको निर्णय- प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, संसद् अवरोध जारी राख्ने

कांग्रेसको निर्णय- प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, संसद् अवरोध जारी राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

बिहान नयाँ वानेश्वरस्थित संसद् भवनमा बसेको संसदीयण् दलको बैठकले सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गर्न प्रमुख सचेतक रमेश लेखकलाई निर्देशन दिएको छ ।

संसद् पार्टीले गर्दै आएको अवरोध पनि राख्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिने कार्यसूची तय भएको छ । कांग्रेसको यो निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत ठगी, अपचलन, दुरूपयोग र हिनामिनामा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।