विश्वासको मतबारे कांग्रेसको टिप्पणी- संविधानको खिलाफमा गठबन्धन दलहरू लागे

विश्वासको मतबारे कांग्रेसको टिप्पणी- संविधानको खिलाफमा गठबन्धन दलहरू लागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले संविधानको खिलाफमा सत्ता गठबन्धन लागेको आरोप लगाएको छ ।

सोमबार विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय इतिहासमा अनौठो नजिर स्थापित गरेको टिप्पणी गरेका हुन् ।

‘ विपक्ष आफ्नो कुरा राख्दै बेलमा आएको बेलामा अहिलेसम्म प्रधानमन्त्रीले विश्वासको मत लिएको अवस्था छैन । यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्नुभएको छ । हामीले ल्याएको संविधानको खिलाफमा गठबन्धन दलहरू लागेका छन् ।’, प्रतिनिधिसभाको बैठकपछि उनले भने ।

आज संसद बैठकमा कांग्रेसको नाराबाजीकैबीचमा प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । विश्वासको मतको पक्षमा १५७ जनाले मतदान गरेका छन् भने विपक्षमा भने कसैले मतदान गरेनन् ।