यस्तो छ विपक्षी दलहरूको भावी रणनीति

यस्तो छ विपक्षी दलहरूको भावी रणनीति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसलगायत विपक्षी दलको बैठक सकिएको छ ।

प्रतिनिधिसभाको बैठकपछि बसेको विपक्षी दलको बैठकले सहकारी प्रकरणबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनको लागि सदन र सडकबाट संयुक्त रूपमा माग गर्ने रणनीति बनाएको हो ।

विपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाएसम्म संसदमा अवरोध गर्ने पनि रणनीति बनाएका छन् ।

बैठकमा विपक्षी दलका नेताहरुले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । बैठकमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए ।

आज बसेको संसद बैठकमा नेपाली कांग्रेसको अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका हुन् । विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि नेपाली कांग्रेसले संविधानको खिलाफमा सत्ता गठबन्धन लागेको आरोप लगाएको छ ।