काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेका छन् ।
सत्तापक्षसँग चर्काचर्की चलिरहेका बेला देउवाले जेठ ९ गते बुधबार बिहान ११ बजे संयुक्त बैठक बोलाएका छन् ।
सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने गरी केन्द्रीय समिति र केन्द्रीय संसदीय दलको संयुक्त बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ । आईतबार गृहमन्त्री लामिछानेले संसद्मा गरेको सम्बोधन र सोमबार प्रतिनिधि सभामा प्रतिपक्षको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएकोप्रति कांग्रेस असन्तुष्ट छ ।




प्रतिक्रिया