काठमाण्डु- नेपाली कांग्रेसले देशैभरका पीडितका बचत फिर्ताको सुनिश्चितता नभएसम्म संसदमा नाराबाजी जारी रहने बताएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद बद्रि पाण्डेले सहकारी पीडितका बारेमा आफूहरुले आवाज उठाइरहने बताएका हुन् ।
देशैभरका सहकारी पीडितलाई आश्वस्त पार्न चाहन्छु, देशैभरका पीडितको बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाईंले विश्राम पाउने छैन,’ उनले भने।
उनले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा सासंलग्नता रहेको भन्दै समिति गठन तत्काल छानबिन समिति गठन हुनुपर्ने माग गरे ।




प्रतिक्रिया