सहकारीपीडितको मुद्दामा कांग्रेसले सडक संघर्ष गर्ने

सहकारीपीडितको मुद्दामा कांग्रेसले सडक संघर्ष गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडक संघर्षमा जाने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सहकारी ठगीविरुद्ध सडक संघर्षमा जाने निर्णय गरेको हो ।

सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको सहमहामन्त्री डिना उपाध्यायले जानकारी दिइन् ।

कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ ।

कांग्रेसले कांग्रेस नेताहरूमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।