काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आगामी आइतबार (जेठ १३ गते) काठमाण्डुमा गर्ने सडक प्रदर्शनका लागि १५ केन्द्रीय प्रतिनिधि खटाएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाण्डु उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गर्दै १५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको थियो । सो अनुरुप बिहिबार केन्द्रीय प्रतिनिधि खटाइएको हो ।
कांग्रेसले सहकारी पीडितको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।
कांग्रेसले खटाएका केन्द्रीय प्रतिनिधि
काठमाण्डु
१) उमेशजंग रायमाझी
२) सीता थपलिया
३) रंगमती शाही
४) कुन्दन काफ्ले
५) नैनसिंह महर
६) गुरु बराल
७) आङ्गेलु शेर्पा
८) अब्दुल सतार
९) डा. डिला संग्रौला
१०) प्रकाश स्नेही रसाइली
ललितपुर
१) दिलमान पाख्रिन
२) देवेन्द्रराज कँडेल
३) अर्जुन जोशी
भक्तपुर
१) हरिशरण नेपाली
२) गणेश लामा




प्रतिक्रिया