गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, अब कांग्रेसका पाण्डे मुख्यमन्त्री बन्ने

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, अब कांग्रेसका पाण्डे मुख्यमन्त्री बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सोमवार सर्वोच्च अदालतले यसअघि लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि उनी पदमुक्त भएका हुन् ।

सर्वोच्चले अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । यससँगै गण्डकीको मुख्यमन्त्री कांग्रेसका पाण्डे हुने भएका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउनको लागि ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने हुन्छ ।

कूल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि पाण्डेले वैशाख २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।