काठमाण्डु – सोमबार राति नेकपा एमालेसँग भएको सत्तासहकार्य बारेको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले असार १९ गते बुधबार बिहान ९ बजे बस्नेगरी कार्य सम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
सभापति देउवा निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल गरेर अनुमोदन गर्ने एजेण्डा राखिएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध मुख्यसचिव पौडेलले सुचनामार्फत गरेका छन् ।
दुई दलबीच भएको समझदारीमा संसदको कार्यकालको आधा आधा समय प्रधानमन्त्री बाड्ने र पहिलो कार्यकाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने उल्लेख रहेको नेताहरूले बताएका छन् ।




प्रतिक्रिया