एमालेसँग भएको सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो दलको बैठक

एमालेसँग भएको सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत सोमबार राति एमालेसँग भएको संविधान संशोधनसहित सत्तासहकार्य गर्नेबारेको ७ बुँदे सहमति अनुमोदन गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा एमालेसँग भएको सहमति अनुमोदन र अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ ।