मास्क लगाएर दिल्ली उडे कांग्रेस नेता

मास्क लगाएर दिल्ली उडे कांग्रेस नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले विश्वभरी महामारीको रुप लिइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु मास्क लगाएर दिल्ली प्रस्थान गरेका छन् ।

नेपाली कांग्रेसमा महामन्त्री डा. शशांक कोइरालासँगै केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दीपक गिरी, पूर्वसांसद उदय शम्शेर राणा र दीपक खड्का भारत गएका हुन् ।

उनीहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाएको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

केही दिनअघि भारतको उत्तर प्रदेशको भ्रमण पूरा गरेर स्वदेश फर्किएका महामन्त्री डा.कोइराला पुनः बनारस प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

बनारसमा रहँदा डा.कोइरालाले नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।