कांग्रेसको कानून विभागमा १० सदस्य मनोनित

कांग्रेसको कानून विभागमा १० सदस्य मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून विभागको सदस्यमा विभिन्न १० सदस्यलाई मनोनित गरेका छन् ।

विभागको प्रमुखमा पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपाली रहेका छन् ।

उनले शुक्रबार कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनित गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले विभाग सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरेलाई मनोनित गरेका छन् ।