कांग्रेस मानवअधिकार विभागमा १० जना मनोनित

कांग्रेस मानवअधिकार विभागमा १० जना मनोनित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेसको मानवअधिकार विभागमा १० जना सदस्यहरू मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्यहरूलाई आज मनोनित गरेका हुन् ।

मनोनित हुनेमा झापाकी सर्मिला अधिकारी, धनुकुटाका दुर्गाबहादुर सुवेदी, लम्जुङका वासदेव गिरी, बाराका कृष्ण चौधरी, काठमाडौंका रोहित पौडेल, मकवानपुरका रामकृष्ण प्रजा, कास्कीकी माया बराल, रोल्पाका मोहन परियार, जाजरकोटका चन्द्रप्रकाश अधिकारी र कञ्चनपुरका पुष्पराज पाण्डे छन् ।

विभागको प्रमुखमा पार्टीको केन्द्रीय सदस्य धना खतिवडा छिन् ।