उपनिर्वाचन : ४ पालिकाको वडाअध्यक्षमा कांग्रेस बिजयी

उपनिर्वाचन : ४ पालिकाको वडाअध्यक्षमा कांग्रेस बिजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रोल्पाको रुन्टिगढि गाउँपालिका ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका भुपमणी पुनमगर विजयी भएका छन् । मगर १०८ मत अन्तरले बिजयी भएका हुन् ।मगरले ६४३ मत पाउदा एमालेल ५३५ माओवादीले ७० रास्वपाले १०, राप्रपा ७ र मंगोलीयनले ७ मत पाए ।

यस्तै रुकुम (पश्‍चिम) सानीभेरी गाउँपालिका-५ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका ५३ मतान्तरले बिजयी भएका हुन् । ११४६ मत खसेकोेमा नेपाली कांग्रेसका उम्मेदवार मोतिराम खत्रीले ५९० मत पाए भने नेकपा माओवादीका उम्मेदवार जसीराम बस्नेतले ५३७ मत प्राप्त गरे ।

यता दार्चुलाको दुहुँ गाउँपालिका –५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् ।

जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।  कांग्रेसबाट खम्बबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे । नेपालीले ३३२ मत ल्याएका छन् । यस्तै एमालेबाट डम्बरबहादुर घर्तीले २५२ मत ल्याएका छन् ।