काठमाण्डु – नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा समानुपातिक सदस्यको रिक्त पदमा सुनिता थापालाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सिफारिसको निर्णय गरेको छ ।
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको गत २८ गते राति निधन भएपछि सांसद पद रिक्त छ ।
कांग्रेसले सभापति देउवाले उमेश श्रेष्ठलाई कोषाध्यक्ष पदमा गरेको मनोनयन अनुमोदन गरेको छ भने नेपाल तरुण दल र नेपाल किसान महासंघको विधान अनुमोदन गरेको छ । आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया