काठमाडौं – कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । जसपाका नेताहरु डा. बाबुराम भट्टराईलगायतका नेताहरु मंगलबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।
भेटवार्तामा कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र जसपाको तर्फबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राई सहभागी थिए ।
बैठकमा नागरिकता विधेयकबारे छलफल भएको थियो । कांग्रेस र जसपाले विदेशी बुहारीलाई विवाह गरेर आउनासाथ नागरिकता दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । नागरिकता विधेयकमा बिदेशी बुहारीलाई बिवाह गरेर आएको सात वर्षपछि मात्र नागरिकता पाउने व्यवस्था छ ।




प्रतिक्रिया