महाधिवेशन नजिकिँदै गर्दा देउवाले गठन गरे जम्बो ज्येष्ठ राजनीतिज्ञ सभा

महाधिवेशन नजिकिँदै गर्दा देउवाले गठन गरे जम्बो ज्येष्ठ राजनीतिज्ञ सभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४ सय ७९ जना सदस्यहरुलाई पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन गरेका छन् ।

उनले पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम सो मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

महाधिवेशन नजिकिँदा विभाग गठन गर्ने र विस्तार गर्ने कार्य आचारसंहिता विपरित भएको भन्दै देउवाइतरका नेताहरुले विरोध गर्दै आएको छ ।

नेता मिनेन्द्र रिजालले सभापति देउवाले आफ्नो जिल्लाकालाई मात्र स्थान दिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

‘पार्टी सभापतिको अध्यक्षतामा ४७९ सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा गठन भएछ। डडेलधुराका करिब दुई दर्जन सदस्य हुँदा मोरङ्गका तीनजना पर्नु भएछ । मोरङ्गका सबै अझै जवान भएर हो की ममा पार्टीको इतिहासको अनुपातको ज्ञान हराएको हो, अन्यमनस्क छु’, उनले भनेका छन् ।