कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको छ । संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

संसद बैठकमा सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ । ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ ।

यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो । बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएको थियो ।