काठमाण्डु– नेपाली कांग्रेसले पाथीभरा केवलकारको विषयमा धारणा राखेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीले बैठकले नो केबलकार अभियानलाई समर्थन गर्न नसकिने बताएको हो ।
बैठक पछि प्रमुख सचेतक श्याम घिमिरेले पाथीभरा केबलकार निर्माणमा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्ने बताए ।
उनले भने ‘वार्ताका लागि सरकारले निर्माण कार्य रोक्ने कुरालाई समर्थन गर्दै नो केबुलकार भन्नेसँग सैद्धान्तिक सहमति छैन,’ ‘वार्ता गर्न र त्यहाँ देखिएका समस्या समाधान गर्न भने कांग्रेस तयार छ ।’
बैठकमा पाथीभरामा केबलकार निर्माणको क्रममा देखिएको विवादबारे नेताहरूले धारणा राखेका थिए । शीर्ष नेताको बैठकमा सैद्धान्तिक छलफल मात्रै भएको र कुनै निर्णयमा नपुगेको उनले बताए ।
यस्तै बैठकमा दलसम्बन्धि विधेयक निर्माणमा देखिएको सुस्तताबारे छलफल भएको घिमिरेले बताए । उनले भने, ‘दलसम्बन्धी विधेयकबारे छलफल भयो, ०७८ मा आएको अध्यादेश सरकारले पछि फिर्ता लियो । त्यो अहिले शून्यताको अवस्थामा छ । नियमावलीले काम गरिरहेको छ । त्यसलाई के गर्ने भन्नेबारे छलफल भयो ।’




प्रतिक्रिया