कांग्रेस एक्लैले बहुमतको सरकार बनाउने सभापति देउवाको उद्घोष

कांग्रेस एक्लैले बहुमतको सरकार बनाउने सभापति देउवाको उद्घोष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एक्लैले बहुमत ल्याएर सरकार बनाउने उद्घोष गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित नेपाली कांग्रेस र संघीयता कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधानअनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थामा कांग्रेसलाई बहुमतको पार्टी बनाउन सबै लागि पर्नुपर्ने निर्देशन दिए ।

‘अहिलेको संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन सकेको छैन । त्यसकारण कुनै पार्टीसँग मिलेर जानुपर्छ । बाध्यता र अवस्था पनि त्यस्तै छ । गाह्रो छ भनेर काम गर्न छोड्ने भन्ने हुँदैन, हामी सबै मिलेर पार्टीकै बहुमत ल्याउने काममा लाग्नुपर्छ । हाम्रो पार्टीलाई जनताको साथ पनि छ, त्यसकारण पनि बहुमत ल्याउनेतर्फ लाग्नुपर्छ,’ उनले भने ।

जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुखदुःखमा साथ दिने र जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक भएको भन्दै यसको लागि केही समय लाग्ने उनले बताए ।

‘जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुखदुःखमा साथ दिने, जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक छ । यस्तो व्यवस्था तुरुन्तै हुन्छ भन्ने छैन, समय लाग्छ,’ उनले भने, ‘नेपालमा गाउँपालिका छ, जिल्ला पनि छ, प्रदेश र संघ छ । प्रदेशको आफ्नो भूमिका छ, संघको आफ्नो अधिकार छ । देशमा रहेका हरेक जातजाति वर्गलाई अधिकार दिनुपर्छ तर हाम्रो देशको आर्थिक अवस्था ध्यानमा राखेर पनि काम गर्नुपर्ने हुन्छ । यसको साथै सानो देशको एकतालाई कुनै पनि हालतमा खलबल नहुने गरी अगाडि बढ्नुपर्छ ।’