नीति तथा कार्यक्रमलाई सकारात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय

नीति तथा कार्यक्रमलाई सकारात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार बसेको संसदीय दलको बैठकले समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकले नीति तथा कार्यक्रमले देशको प्राथमिकतालाई केन्द्रमा राख्दै सुशासन प्रवद्र्धनमार्फत समृद्धि हासिल गर्ने सरकारको मार्गचित्र स्पष्ट पारेको निष्कर्ष निकालेको छ । नीति तथा कार्यक्रमले प्रभावकारी र जवाफदेही सरकार बनाउने दिशामा मार्गदर्शन गरेको भन्दै कांग्रेसले कार्यान्वयनमा जोड दिएको छ ।

नीति तथा कार्यक्रमको कार्यान्वयन सुनिश्चित गर्न संसद्का समितिहरू जिम्मेवारीपूर्वक क्रियाशील रहन कांग्रेसले सांसदहरूलाई निर्देशन दिएको छ ।

बैठकले हालै भारतको ओडिसा राज्यस्थित कीआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रिसा साहको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाबारे थप अनुसन्धानको माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।