काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।
शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राखेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।
उनले भने, ‘मुख्य रूपमा बजेट लगायत विविध विषयमा छलफल गरिएको हो । सांसदहरूले बजेट लगायत विविध विषयहरूमा खुलेर छलफल गर्नुभयो । गर्भनरको विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा चाहिँ सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुराहरू पनि आए । बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरूले प्रश्न गरेका थिए । समान ढंगले र क्षेत्रगत रूपमा सन्तुलित विकास गर्ने गरी बजेट विनियोजन हुनुपर्ने कांग्रेस सांसदहरूले आफ्ना–आफ्ना भनाइहरू राखे ।’
संसदीय दलको बैठकमा ठूलो दलको हिसाबले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरूले आवाज उठाएका छन् ।
प्रतिक्रिया