काठमाण्डु– सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न १३ वटा विषयमा छलफल भइरहेको छ ।
महामन्त्री गगन थापाले छलफलका लागि पेस गरेको १३ वटा एजेण्डा माथि छलफल भइरहेको छ ।
९ महिनापछि बसेको बैठकमा पार्टीले सञ्चालन गरेको १ सय दिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नविकरणर वितरण,केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीति सहितका १३ एजेण्डा पेस गरिएको हो ।
- १०० दिने अभियानका प्रतिवेदन प्रस्तुत र छलफल
- केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन
- केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
-अनुशासन समितिको प्रतिवेदन - कृयाशिल सदस्यता नवीकरण प्रगति विवरण
- केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय
- नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा
- नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त ‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा) को नाम संशोधन सम्बन्धमा
- कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन
- जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा
- संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारीता (मन्त्रीहरूको प्रतिवेदन सहित छलफल)
- समसामयिक विषय (राजनैतिक, सामाजिक,
- शैक्षिक, प्रशासनिकलगायत
- विविध।




प्रतिक्रिया