काठमाण्डु– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दसैंमा हुने बताएका छन् ।
आइतबार होटेल यल्लो प्यागोडामा आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले १५ औँ महाधिवेशन ८३ सालको दशैं आसपासमा हुने बताएका हुन् ।
सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दसैंअघि महाधिवेशन नहुने बताए ।
उनले भने ‘कांग्रेसको १५ औँ महाधिवेशन २०८३ को दसैं आस्पास हुन्छ,’ सिटौलाले भने, ‘ ९, १०, ११, १२, १३, १४ औँ पनि ५ वर्षमा भएका हुन्। ४ बर्ष भएको रेकर्ड छैन। अब पनि त्यही हो।’




प्रतिक्रिया