काठमाण्डु – नेपाली कांग्रेसले जेनजी पुस्ताको प्रदर्शनबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आकस्मिक बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा साँझ ५ बजे बस्ने जानकारी दिए ।
बैठकमा जेनजी प्रदर्शन र समाजिक सञ्जाल बन्द गरेको विषयमा पार्टीको आधिकारिक धारणा तय गरिनेछ ।
कांग्रेसका नेताहरूले सामाजिक सञ्जाल बन्द र जेनजी आन्दोलनमाथि भएको दमनको सार्वजनिक विरोध गरिरहेका छन् ।




प्रतिक्रिया