काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।
जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका हुन् । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् ।
यता युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्।
यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन् ।
राजीनामा पत्रमा उनले ‘कलिला छोराछोरीहरुको दमन गर्दै यो सरकारमा बसि रहन नैतिकता र दलले बोकेको विचार र मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने भएकाले पदीय जिम्मेवारीमा टाँसी रहन नसकिने’ जनाएका छन् ।
यता खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामा दिने भएका छन् । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिन लागेको बताएका छन् ।
यता स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने भएका हुन् ।
सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचना भएको छ । ‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन’ उनले भने ।




प्रतिक्रिया