काठमाण्डु – संघीय संसदको प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले आज देशभर प्रदर्शन गर्दैछ ।
दोस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेसले आज देशभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
सोहि निर्णयअनुरुप आज कांग्रेसले देशभर विरोध प्रदर्शन गर्न लागेको हो । यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन घोषणा गरेपछि कांग्रेस देशव्यापी प्रदर्शनमा छ ।




प्रतिक्रिया