विशेष महाधिवेशन माग गर्दै कांग्रेसले सुरु गर्‍यो हस्ताक्षर अभियान

विशेष महाधिवेशन माग गर्दै कांग्रेसले सुरु गर्‍यो हस्ताक्षर अभियान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसभित्र नेताहरूबीच असन्तुष्टि खुलेर देखिन थालेको छ। नेता गुरुराज घिमिरेसहित महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।

सभापति शेरबहादुर देउवामाथि ‘जेनजी आन्दोलन’का क्रममा भएको आक्रमणको निन्दा गर्दै उनीहरूले विगतका गल्तीहरूलाई आत्मसमीक्षा गर्न र सुधारिएको, भविष्यमुखी कांग्रेस बनाउन विशेष महाधिवेशन नै अपरिहार्य भएको बताएका छन्।

प्रतिनिधिहरूको भनाइअनुसार अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने औपचारिक अधिकार केन्द्रीय समितिसँग भए पनि त्यसको सम्भावना कमजोर भएकाले उनीहरू आफैं तयारीमा उत्रिएका हुन्।

पार्टीलाई वर्तमान संकट र दुरावस्थाबाट निकाल्दै समयअनुकूल र प्रभावकारी बनाउन जिम्मेवारीबोधसहित विधानको धारा १७९२० बमोजिम विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन सबै प्रतिनिधिहरूलाई आग्रह गरिएको छ।