विशेष महाधिवेशन पन्छाएर सोझै महाधिवेशनमा जान खोज्दै कांग्रेस

विशेष महाधिवेशन पन्छाएर सोझै महाधिवेशनमा जान खोज्दै कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनमै समझदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर बुझाइएको सन्दर्भमा उनले नियमित महाधिवेशनमै जोड दिएका हुन् ।

पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा कार्यबाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिए । उनले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको बताउँदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए ।

खड्काले विशेष महाधिवेशन आवश्यक नरहेकाले मंसिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुंगो लगाउनुपर्ने बताए । महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा, नेता गुरुराज घिमिरे लगायतको अगुवाइमा भएको हस्ताक्षर सहितको प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाइँ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा समेत राखेका छन् ।