कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्म स्थगित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्म स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठक कात्तिक १३ गते दिउँसो १ बजे बस्ने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेस बाराका पूर्वसभापति, पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शनिबारको बैठक सकिएको छ ।

मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति पार्टीले गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।’

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक आगामी कात्तिक १३ गते पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा पुन: बस्नेछ ।