कांग्रेसले भन्यो– प्रतिनिधिसभा विघटन असंवैधानिक

कांग्रेसले भन्यो– प्रतिनिधिसभा विघटन असंवैधानिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक ठहर गरेको छ ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा विघटनको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाटै निर्णय हुने जानकारी दिए ।

कांग्रेसले सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गतेमा हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

महामन्त्री गगनकुमार थापाका अनुसार दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय समेत कांग्रेसले गरेको छ ।

कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन र फरार भएका कैदीहरूलाई पनि पुन: कारागारमा फर्काउन सरकारलाई अनुरोध समेत गरेको छ ।

महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व लिएर अघि बढ्ने पनि बताए । उनले महाधिवेशनको कुरा विधानमै उल्लेख भएकाले सोहीअनुसार अघि बढ्ने पनि सुनाए ।